अटोमा ‘हली’को प्रचारप्रसार

काठमाडौं,
साउन १९ ।

यही साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’को प्रचारप्रसार देशभर तीव्र पारिएको छ । पूर्वी जिल्लाहरू झापा, मोरङ र सुनसरीपछि निर्माण टोलीले दाङ, नेपालगञ्ज र धनगढीलगायत पश्चिमका जिल्लामा पनि प्रचार अभियान सञ्चालन गरेको छ ।
निर्माण पक्षले ती क्षेत्रमा अटो र ई-रिक्सामा चलचित्रका पोष्टर राखेर प्रचारलाई व्यापक बनाएको जनाएको छ ।

निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले दर्शकमाझ चलचित्रको जानकारी पुर्‍याउन विभिन्न माध्यमबाट प्रचारप्रसारलाई तीव्र बनाइएको बताउनुभयो । ओम प्रतीकको निर्देशन रहेको यस चलचित्रले छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपर्ने सामाजिक पीडा र विभेदलाई मुख्य विषयवस्तु बनाएको छ । यसअघि सार्वजनिक ट्रेलर, पोष्टर र प्रमोशनल गीतले सकारात्मक चर्चा बटुलिसकेको निर्माण पक्षको दाबी छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहारी तथा निर्देशक ओम प्रतीकलगायत कलाकारको अभिनय छ । चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार