काठमाडौं,
साउन १९ ।
चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले यही बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादन नेपाली ग्राहकसम्म एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा पुर्याउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो । यस प्लेटफर्ममा प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक्स, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा अन्य लाइफस्टाइलसँग सम्बन्धित सामग्री उपलब्ध हुने जनाइएको छ ।
ईयुमा डट कमले विशेषगरी चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उत्पादन सोर्सिङ गरी नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । यसबाट ग्राहकले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय नयाँ डिजाइन, पछिल्ला ट्रेन्ड तथा गुणस्तरीय उत्पादन नेपालमै बसेर खोज्न र खरिद गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले उत्पादन छनोटदेखि सोर्सिङ र डेलिभरीसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउँदै ग्राहकलाई भरपर्दो डिजिटल किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । उत्पादन छनोटका क्रममा गुणस्तर, डिजाइन तथा ग्राहकको मागलाई प्राथमिकतामा राखिने कम्पनीको भनाइ छ ।
विशेषगरी प्रिमियम लाइफस्टाइल तथा आधुनिक होम डेकोरमा रुचि राख्ने ग्राहकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय ट्रेन्डअनुसारका उत्पादन नेपाली बजारमै उपलब्ध गराउने योजना कम्पनीले अघि सारेको छ ।
कम्पनीका अनुसार प्लेटफर्मको प्रमुख विशेषता भनेको विभिन्न अन्तर्राष्ट्रिय बजारमा छुट्टाछुट्टै खोजी गर्नुपर्ने झन्झट हटाउँदै चीन, हङकङ, जापान तथा दक्षिण कोरियाका विभिन्न श्रेणीका उत्पादन एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउनु हो ।
आगामी दिनमा ग्राहकको माग तथा बजारको प्रवृत्तिअनुसार थप नयाँ उत्पादन तथा विभिन्न श्रेणीका सामग्री समावेश गर्दै जाने योजना पनि कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम उत्पादन सहज रूपमा उपलब्ध गराउँदै नयाँ डिजिटल शपिङ अनुभव प्रदान गर्ने लक्ष्य रहेको जनाएको छ ।
उपलब्ध उत्पादन हेर्न तथा खरिद गर्न इच्छुक ग्राहकले कम्पनीको वेबसाइट www.yiwuma.com मार्फत सेवा लिन सक्नेछन् ।







