श्रीना र मार्टिनलाई ‘मिस्टर एण्ड मिस लिटिल कोशी सुनसरी’को उपाधि

काठमाडौं,
असार १० ।

आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणमा इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठ विजेता घोषित हुनुभएको छ । विजेता दुवैले उपाधिसहित जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायका अनुसार प्रतियोगिताको फाइनल चरणमा पुगेका ५८ जना प्रतियोगीलाई प्रमाणपत्रसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा अर्गनाइजेसन च्वाइसतर्फ छात्रामा तरहराकी सांगे वाङमु गुरुङ र छात्रतर्फ खनारका प्रज्ञान शाक्य चयन हुनुभयो । मिसतर्फ पकलीकी इभेनजलिना शाह फस्ट रनरअप तथा इटहरीकी प्रनिका कटवाल सेकेन्ड रनरअप घोषित हुनुभयो । मिस पब्लिक च्वाइसको उपाधि इटहरीकी ग्रेसी कटुवालले जित्नुभयो ।

त्यसैगरी, मिस्टरतर्फ खनारका प्रज्ञान शाक्य फस्ट रनरअप र इटहरीका सुदर्शन भुजेल सेकेन्ड रनरअप बन्नुभयो । मिस्टर पब्लिक च्वाइसको उपाधि इटहरीका एकांश अग्रवालले हात पार्नुभयो ।

विभिन्न विधागत उपाधिहरूमध्ये मिस ब्यूटी विथ ब्रेन र मिस डिसिप्लिन ग्रेसी कटुवाल, मिस पपुलर पाखी अग्रवाल, मिस स्माइल काभ्या कार्की तथा मिस पर्सनालिटी सांगे वाङमु गुरुङ घोषित हुनुभयो । यस्तै, मिस ट्यालेन्ट अबिना मगर, मिस फोटोजेनिक सुभाग्यी अधिकारी र मिस इन्टेलेक्ट इभेनजलिना शाहले जित्नुभयो ।

अन्य उपाधिहरूमा मिस क्याटवाक प्रितिना भट्टराई, मिस क्युट माइसा जिंदल, मिस कन्फिडेन्ट आरुसी मेहता, मिस बब्ली अबिता राई, मिस साइनिङ स्टार प्रनिका कटवाल तथा बेस्ट ट्रान्सफर्मेसन स्पर्स राना घोषित हुनुभयो । मिस फ्रेन्डसिप सोफिया प्रधान, मिस ब्यूटीफुल आइज सासा आले मगर, मिस फिजिक सान्भी पोखरेल र मिस अनेस्ट देवान्सी कार्कीले उपाधि जित्नुभयो ।

मिस्टरतर्फ विश्वास श्रेष्ठले मिस्टर पपुलर र मिस्टर क्याटवाक दुवै उपाधि जित्नुभयो । सक्सेस तामाङ मिस्टर ट्यालेन्ट, इभान तामाङ मिस्टर फोटोजेनिक तथा सुदर्शन भुजेल मिस्टर इन्टेलेक्ट घोषित हुनुभयो । प्रज्ञान शाक्य मिस्टर पर्सनालिटी तथा एकांश अग्रवाल मस्ट आउटस्ट्यान्डिङ पर्फमेन्सको उपाधिबाट सम्मानित हुनुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा डा. श्रवणकुमार मण्डल, ‘मिस कोशी २०२५’ की विजेता तथा मोडल रजनी थापा र लेक्चरर एवं समाजसेवी वसन्त खनाल रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार