लोकदोहोरी गीत ‘ठकुरीको छोरी’ (भिडियोसहित)

काठमाडौं,
जेठ २८ ।

प्रिति आले र थुमन शर्माको स्वर रहेको लोकदोहोरी गीत ‘ठकुरीको छोरी’ सार्वजनिक गरिएको छ । थुमन शर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा थुमन शर्मा र प्रिति आलेसँगै युवराज छन्त्याल तथा प्रतिभा शर्मा चपाईको पनि स्वर छ । गीतका शब्द प्रतिभा शर्मा चपाईले सिर्जना गर्नुभएको हो भने संगीत प्रिय कुमारको छ ।

अर्जुन थापाको निर्देशनमा निर्माण गरिएको गीतको भिडियोमा कलाकार गोबिन्द विवश, सरिता धनकुटी, सबिता कार्की, कञ्चन सारु मगर तथा रेनुका बराललगायतको अभिनय छ । भिडियोको छायांकन तथा सम्पादन सुशील दांगीले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार