मिस्टर एण्ड मिस लिटिल कोशीको सुनसरी अडिशनबाट प्रतिस्पर्धि छनोट

काठमाडौं,
जेठ २७ ।

आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ प्रतियोगिताको सुनसरी अडिशन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको अडिशनमा पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको थियो ।

सुनसरी अडिशनबाट फाइनल चरणका लागि ५८ जना बालबालिका छनोट भएका छन् । इटहरी, इनरुवा, खनार, झुम्का, पकली, तरहरा लगायतका स्थानबाट प्रतियोगीहरू चयन भएका आयोजकले जनाएका छन् ।

जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रायका अनुसार आगामी असार पहिलो साताभित्र फाइनल प्रतियोगिता आयोजना गरिनेछ । उहाँले बालबालिकाको अध्ययनमा असर नपर्ने गरी प्रतियोगिता सञ्चालन गरिने र उनीहरूको प्रतिभा उजागर गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यसअघि सम्पन्न मोरङ संस्करणमा महिला र पुरुष दुवैतर्फ विभिन्न विद्यालयका प्रतियोगीहरूले शीर्ष उपाधि तथा उपविजेता स्थान हासिल गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार