असार २६मा ‘भागदौड’

काठमाडौं,
जेठ २७ ।

हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ । सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्ट हुनुहुन्छ भने कार्यकारी निर्माता अंगिरा थापा रहनुभएको छ ।

निर्देशक उप्रेतीका अनुसार चलचित्रले लोभ, लालच, जालझेल र ठगीका कारण उत्पन्न हुने नैतिक संकटको कथा प्रस्तुत गर्नेछ । काठमाडौंको ऐतिहासिक बस्ती बुङ्मती र बागमती नदी आसपासको परिवेशमा आधारित चलचित्रले नेवारी कला-संस्कृति, परम्परा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चित्रण गरेको छ ।

दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप नेपालले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार