स्रष्टा लेखनाथ पोख्रेललाई पत्नीशोक

काठमाडौं,
जेठ २४ ।

नेपाली साहित्य क्षेत्रका वरिष्ठ स्रष्टा लेखनाथ पोख्रेललाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी सावित्री पोख्रेलको बिहीबार निधन भएको हो । केही समययता विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आउनुभएकी सावित्री पछिल्लो चरणमा क्यान्सर रोगसँग संघर्षरत हुनुहुन्थ्यो । उहाँको बिहीबारै काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको छ ।

विसं २०१२ साल भदौ महिनामा जन्मनुभएकी सावित्री पोख्रेलले जीवनभर परिवारको अभिभावकत्व, सामाजिक उत्तरदायित्व तथा पारिवारिक मूल्य-मान्यताको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । सावित्री पोख्रेलका दुई छोरा आशिष पोख्रेल र अमोल पोख्रेल हुनुहुन्छ । त्यस्तै बुहारी श्रद्धा पोख्रेल र तोएशा पोख्रेल हुनुहुन्छ ।

वरिष्ठ साहित्यकार लेखनाथ पोख्रेलको जीवनयात्रामा सावित्री पोख्रेलले निःशब्द तर महत्त्वपूर्ण सहयात्रीका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।

सावित्री पोख्रेलको निधनप्रति मिलाप परिवार दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार