काठमाडौं,
जेठ २० ।
मोनिका राईको स्वरमा रहेको गीत ‘तिमीलाई मीठो’ सार्वजनिक भएको छ । वीरेन्द्र पाठकको शब्द रचना, सुनिल मास्केको संगीत, सञ्जीव बराइलीको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवराज वाइवाको निर्देशन रहेको गीतको भिडियोमा शीला गजुरेल र प्रख्यात घिमिरेलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भिडियो एस म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






