काठमाडौं,
जेठ १० ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।
शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने हुनुभएको छ ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र चार जना सचिवहरूले धारणा राख्नुभएको थियो ।






