पाँचौं संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ हुँदै

काठमाडौं,
जेठ ८ ।

क्वालिटी फिल्म्स प्रा.लि.ले ‘पाँचौं क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ आयोजना गर्ने भएको छ । अवार्डका लागि ७ जेठदेखि आवेदन फारम खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

अवार्डमा २०८२ वैशाख १ देखि चैत ३० गतेसम्म सार्वजनिक भएका गीत, म्युजिक भिडियो तथा चलचित्र सहभागी हुन पाउनेछन् । गीत–संगीततर्फ लोक, आधुनिक, पप, लोकदोहोरी, पर्वगीत, राष्ट्रिय भावका गीतलगायत विभिन्न विधामा गायकरगायिका, संगीतकार, गीतकार, संगीत संयोजक तथा ध्वनि मिश्रणका लागि प्रतिस्पर्धा गराइनेछ ।

त्यस्तै म्युजिक भिडियोतर्फ निर्देशक, मोडल, छायाँकार, सम्पादक र नृत्य निर्देशक तथा चलचित्रतर्फ निर्देशक, नायक/नायिका, सहकलाकार, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, भिएफएक्स आर्टिस्टलगायत विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङका अनुसार नेपाली फिल्म तथा गीत-संगीत क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि अवार्ड आयोजना हुँदै आएको हो । आवेदन फारम साउन मसान्तसम्म बुझाउन सकिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार