काठमाडौं,
जेठ ५ ।
विष्णु खत्री र रेजिनाकोे स्वरमा रहेको लोके दोहोरी गीत ‘चौतारीमा पिपल छ बर छैन…’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको यो गीतको भिडियो लाई विष्णु खत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द रचना र संगीत पनि विष्णुकै हो । आफूले खुबै माया गरेको मान्छेले अन्तरघात गरेपछिको वेदनालाई समेटेर गीत तयार गरिएको छ ।
बिनम्र खत्रीले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा मोडल लक्ष्मी थापामगरसँग विष्णु आफैंले अभिनय गर्नुभएको छ । करण चैसिरको छायांकन रहेको भिडियोलाई मनोज कार्कीको दृश्य सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियो बाग्लुङको गलकोटमा छायांकन गरिएको हो ।






