राजनराज, तारावीर र मिलनको स्वरमा ‘जोवन सुईंकेला’ (भिडियोसहित)

काठमाडौं,
वैशाख ३१ ।

गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको सिर्जनामा तयार भएको नयाँ गीत ‘जोवन सुईंकेला’ को भिडियो सार्वजनिक गरिएको छ । सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा गायक तारावीर पाण्डे र गायिका मिलन नेवारको समेत स्वर रहेको छ ।

साथीभाइबीच हुने गफगाफ र रमाइलो छेडखानीलाई वास्तविक जीवनशैलीसँग जोडेर फरक स्वादमा गीत तयार गरिएको निर्माण टिमले जनाएको छ । गीतमा खाजा खाने बसाइका क्रममा एकले अर्कालाई सुझाव दिने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा आश्मा विश्वकर्मा, प्रभात पल ठकुरी र सम्राट अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोमा लोकेसन र कोरसलाई विशेष प्राथमिकता दिइएको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन छ भने रोशन विश्वकर्माको कोरियोग्राफीमा राजेश पुमा राईले निर्देशन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार