पुनः सञ्चालनमा आउँदै जय नेपाल सिनेमाहल

काठमाडौं,
वैशाख १७ ।

काठमाडौंको पुरानो तथा ऐतिहासिक सिनेमाहलमध्ये एक जय नेपाल सिनेमाघर पुनः सञ्चालनमा आउने तयारीमा छ । लामो समय बन्द रहेको उक्त सिनेमाघरले चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो ।

वि.सं. २०२७ सालमा स्थापित जय नेपाल सिनेमाघर काठमाडौंको सिनेमा संस्कृति विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने घर हो । दरबारमार्ग क्षेत्रसँग जोडिएको यस सिनेमाघरमा दशकौंसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन भएका थिए ।

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण उत्पन्न परिस्थितिपछि विसं २०७८ असोज ४ गतेदेखि यो सिनेमाघर बन्द भएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसिले सञ्चालकमध्यका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गर्नुभएको छ ।

लामो समयपछि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन अनुमतिपत्र प्राप्त भएसँगै जय नेपाल सिनेमाघरको पुनः सञ्चालनको बाटो खुलेको छ ।चलचित्र विकास बोर्डले प्रचलित मापदण्ड र प्रक्रियानुसार चलचित्रघर सञ्चालन अनुमतिपत्र प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार