काठमाडौं,
वैशाख ११ ।
‘शारदा’ का सम्पादक विमल भौकाजीले सम्पादन गरेको ‘दिव्य गिरी साहित्यमा अर्धशताब्दी’ लोकार्पण भएको छ । कृतिका सम्पादक विमल भौकाजी, लोकप्रिय समालोचक प्रमोद प्रधान, भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, कृतिका समाविष्ट केही लेखकहरू सानुराजा श्रेष्ठ अञ्जान सुमन थापा संगमलगायतले संयुक्तरूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
लोकार्पित कृतिमा महेश प्रसाईं, प्रमोद प्रधान, वियोगी बुढाथोकी, डा.भरत भट्टराई, वीरेन्द्र पाठक, जुजुकाजी रञ्जित, सानुराजा श्रेष्ठ अञ्जान, सुधा शर्मा, मुरारिराज मिश्र, गणेश प्रधान, मुरारिप्रसाद सिग्देल, रमेशजंग सिजापति लगायतको लेख समेटिएका छन् ।
यस संग्रहमा गिरीको एघार साहित्यिक कृतिबारे लेखिएका विभिन्न प्रकारका लेख/रचनाहरू र उहाँका केही कविता, मुक्तक, गजल, हाइकु, गीत, लघुकथा र कथाहरूसमेत समेटिएका छन् ।






