काठमाडौं,
वैशाख ५ ।
इन्द्र बस्यालले नयाँ सांगीतिक कोसेली ‘मर्नु न बाच्नु बनायो’ सार्वजनिक गर्नुभएको छ । भिडियोसहितको उक्त गीत गायककै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘मर्नु न बाच्नु बनायो’ बोलको गीतमा स्वर, शब्द तथा संगीत स्वयं इन्द्र बास्याल कै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गर्नुभएको छ ।
गीतको भिडियोमा विष्णु केसी, ममता इन्द्र बास्याल, बाल कलाकार अन्जिला तामाङ, उषा तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कृष्णराज भण्डारीले गर्नुभएको हो ।
प्राविधिक पक्षतर्फ भिडियो सम्पादन अर्जुन खड्काले गर्नुभएको छ भने छायांकन केशव अधिकारीको रहेको छ । मेकअपमा जोति सोनम र प्राविधिक सहयोगमा चार्ली केसी, सन्तोष डेनी तथा मुस्कानको महत्वपूर्ण भूमिका छ ।
नयाँ वर्षको शुभकामनासहित सार्वजनिक गरिएको यस गीतले अघिल्ला सिर्जनाझैं दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक बास्यालले व्यक्त गर्नुभएको छ ।






