काठमाडौं,
चैत ३० ।
आगामी जेठ ८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । आइतबार ओएसआरको युटुबमार्फत सार्वजनिक टिजरमा एक युवतीका लागि झगडा गर्ने दुई युवाले झगडा नगर्न मित लगाएको विषयलाई उठान गरिएको छ । झगडा गर्ने युवामा सौगात मल्ल र दयाहाङ राई हुनुहुन्छ ।
हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो दुई मिनेट लामो टिजरमार्फत झलक देखाइएको छ । टिजरमा दयाहाङ, सौगातका अलवा खबपु, तेरिया फौजा मगर, सुवर्ण थापा, शिशिर वाङ्देललगायत हुनुहुन्छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र जनक घर्ती मगरले निर्माण गर्नुभएको हो । लोकेश बज्राचार्यको सम्पादन रहेको यो चलचित्रमा शिशिर बिशंखेको छायांकन छ । आरआर फिल्मस् वितरक रहेको यस चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।






