सकियो ‘माया भनेकै यस्तो होला’को छायांकन

काठमाडौं,
चैत २४ ।

चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । यस चलचित्रमार्फत अभिनेत्री रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किनुभएको छ । । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गर्नुभएकी थापाको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि समकालीन चर्चित कलाकारहरूको सहभागिता छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । साथै, विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यससँगै चलचित्रमा एकैपटक चारजना मिस नेपालहरूको सहभागिता देखिएको छ ।

अन्य कलाकारमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ, विनोद पौडेललगायतकाको अभिनय छ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेमकथामार्फत सामाजिक भावनालाई उजागर गर्ने प्रयास गरेको छ । चलचित्रको पटकथा ध्रुव लम्सालले लेख्नुभएको हो भने छायांकन सुदीप बरालले गर्नुभएको छ ।

अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे चलचित्र संयोजकका रूपमा आबद्ध हुनुहुन्छ । चलचित्रमा संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की तथा प्रोडक्सनमा चूडामणि (सीएम)को योगदान छ । आगामी तीज पर्वको अवसर पारेर यो चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार