नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लोकार्पण

काठमाडौं,
चैत १७ ।

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा संस्कृतिविद् प्राडा।वीणा पौडेलले ‘राजमाता’ उपन्यासको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उपन्यासकार कार्कीले इतिहासलाई आधार मानी सुन्दर उपन्यास लेखेको उहाँको भनाइ थियो ।

उपन्यासकार कार्कीले पहिल्यै उपन्यास राजमाता लेख्न थाले पनि कोरोना महामारीले उपन्यास थन्किएको सुनाउनुभयो । लेख्दालेख्दै बीचमै मृत्युको भयले सताएको र राजमाता प्रकाशन गर्नसक्नु खुशीको कुरा भएको साझा गर्नुभयो । कार्यक्रममा लेखक सोभित सिम्खडाले उपन्यासकार कार्कीसँग राजमाताको विषयमा अन्तर्क्रिया पनि गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार