निफमा राजेश हमाल र रमेश सिप्पीको संवाद

काठमाडौं,
चैत १५ ।

बलिउडका चर्चित निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुनेभएको छ । यही चैत १९ देखि २३ सम्म आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)अन्तर्गत दोस्रो दिन नेपाल पर्यटन बोर्डमा दिउँसो ३ बजे ‘सिनेमा संवाद ः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली तथा बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव तथा सिनेमाको विगत, वर्तमान र भविष्यबारे छलफल हुने निफका अध्यक्ष केपी पाठकले जानकारी गराउनुभयो ।

निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आइपुग्ने र उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ । नवौं संस्करणको निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न १० अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार