प्रसारणमा टेलिचलचित्र ‘संस्कार’

काठमाडौं,
चैत १३ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको टेलिचलचित्र ‘संस्कार’ आज (शुक्रबार)देखि प्रसारणमा आउनेभएको छ । निर्माण युनिटले ललितपुरमा एक कार्यक्रम गर्दै टेलिचलचित्रको प्रसारणसम्बन्धी जानकारी दिएको हो ।

सरोज दाहालको लेखन तथा निर्देशन रहेको ‘संस्कार’ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य-मान्यता र जीवनका यथार्थ पक्षलाई देखाउने बताइएको छ । आरजे सिंह र निर्मला खाती निर्माता रहेको यस टेलिचलचित्रलाई निर्मल ढकालले छायांक गर्नुभएको हो ।

टेलिचलचित्रमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक विके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरजकुमार त्रिखत्री, दीपक घमाललगायतको अभिनय छ । सुवर्ण टिभीको अफिसियल च्यानलमार्फत यो टेलिचलचित्र प्रसारणमा आउनेछ ।

यसमा तपाइको मत

अन्य समाचार