काठमाडौं,
चैत १३ ।
प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गर्नुभएको छ ।
हिप-हप गायकसमेत रहनुभएका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गर्नुभएको हो ।
यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भइसकेको थियो । गीतलाई रिमास्टर गरेर भिडिओसहित सार्वजनिक गरिएको हो । भिडिओमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन् ।
बालेनले थप दुई गीतलाई चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको उहाँ निकट स्रोतले बताएको छ ।






