काठमाडौं,
चैत ५ ।
मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर छ । गीतमा शब्द र संगीत पनि डिआरकै छ । गीतको निर्माता धन घले हुनुहुन्छ । निर्माता धन र गायिका मेमिसा श्रीमान् श्रीमती हुनुहुन्छ । झण्डै २५ वर्षदेखि युकेमा बस्दै आउनुभएका उहाँहरू नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहनुभएको छ ।
सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र मोडल रस्मिता तामाङको नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने विक्रम चौहान हुनुहुन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।
गीतको भिडियोमा गायिका मेमिसा, निर्माता धन घले र गायक, लेखक तथा संगीतकार डिआर सुजन पनि देखिनुभएको छ । गीतमा घले समुदायको संस्कृतिलाई झल्काइएको छ । भिडियोमा विभिन्न दशभन्दा बढी जिल्लाको घले समाजलाई देखाइएको छ । त्यसले पनि घले समुदायको संस्कृति प्रबर्द्धनमा ठूलो मद्धत पुगेको देखिन्छ । गीतका शब्दमा पनि संस्कृति पहिचानको कुरा गरिएको छ । गीत मेमिसा घले युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






