‘मितज्यू’को नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं,
चैत २ ।

चलचित्र ‘मितज्यू’ नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट चलचित्र प्रदर्शन गर्न घोषणा गरेका हुन् । यसअघि यो चलचित्र जेठ १५ मा रिलिजको तयारीमा थियो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन् । जहाँ सौगातले हातमा भाले च्याप्नुभएको छ भने साईडमा पहाडमा गुड्ने गाडी देखिन्छ । दयाहाङ रिसाहा देखनिुभएको छ भने तेरिया मजेत्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखनिुभएको छ । शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ ।

जनक घर्ती मगरको निर्माण रहेको चलचित्र जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रमा सम्पादक लोकेश बज्राचार्य, छायांकार शिशिर बिशंखे, प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुनुहुन्छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ।

यसमा तपाइको मत

अन्य समाचार