‘जोस जाँगर’ लिएर आए रुजन सिवाकोटी (भिडियोसहित)

काठमाडौं
फागुन १७ ।

अमेरिकामा बस्दै आउनुभएका गायक रुजन सिवाकोटीको स्वरमा रहेको गीत ‘जोस जाँगर’ सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको यस गीतमार्फत उहाँले पार्टीभन्दा देशमाथि राख्दै सही नेतृत्व चयन गर्न आमनेपालीलाई आह्वान गर्नुभएको छ ।

डिपी खनालको शब्द र देवेन्द्र बरालको संगीत रहेको गीत ‘रुजन सिवाकोटी’ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हाम्रो स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ विषम आचार्यले गर्नुभएको छ ।

राष्ट्रिय भावले ओतप्रोत गीतमा भाषणभन्दा काम गर्ने नेतृत्व आवश्यक रहेको सन्देश दिइएको छ । भिडियोमा स्वयं गायक सिवाकोटी प्रस्तुत हुनुहुन्छ भने नेपाली जनजीवन र राष्ट्रिय भावना झल्किने दृश्य समेटिएका छन् । भिडियो छायांकन रुजन सिवाकोटी र अमिषा कटुवालले तथा सम्पादन नहकुल खड्काले गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार