काठमाडौं,
फागुन ३ ।
इड्वर्ड थापा र अलिसा गुरुङको स्वरमा रहेको गीत ‘हिँउको आँगन’ सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसरमा ईश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय छ ।
गीतका शब्द र संगीत स्वयं निर्देशक ईश्वर थापाले नै तयार पार्नुभएको हो भने संगीत संयोजन जर्ज क्षेत्रीले गर्नुभएको छ । भिडियोको छायांकन जीवन पराजुलीले गर्नुभएको हो भने सम्पादन प्रकाश पण्डितले गर्नुभएको छ ।
‘ईश्वर थापा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोले प्रेमिल भावना झल्काउने सन्देश प्रवाह गरेको छ । प्रणय दिवसलाई लक्षित गर्दै तयार पारिएको यस गीतले दर्शक/श्रोताहरूलाई प्रेमको मिठास अनुभव गराउने लक्ष्य राखेको छ ।






