भिनोलिभामा भ्यालेन्टाइन विशेष २०२६ आयोजना हुँदै

काठमाडौं,
माघ २९ ।

राजधानीमा प्रिमियम फाइन-डाइनिङ अनुभवका लागि परिचित भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले फेब्रुअरी १४ का अवसरमा भ्यालेन्टाइन विशेष २०२६ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरको स्वाद, लाइभ सांगीतिक प्रस्तुति र आकर्षक अफरसहित कार्यक्रम सञ्चालन गरिने व्यवस्थापनले जनाएको छ ।

साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित गायक असिम थापाले लाइभ प्रस्तुति दिनेछन् । लाइभ म्युजिक, काउन्टडाउन सेलिब्रेसन र प्रिमियम फाइन-डाइनिङको संयोजनमार्फत सहभागी जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । सम्पूर्ण सजावट र सेटअप भ्यालेन्टाइनको रोमाञ्चक वातावरणलाई केन्द्रमा राखेर तयार गरिएको व्यवस्थापनको भनाइ छ।

विशेष अवसरमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेय-पदार्थमा विशेष अफर उपलब्ध हुने जनाइएको छ । प्रिमियम पेय र विविध परिकारको सन्तुलित संयोजनले कार्यक्रमलाई स्तरीय बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

भिनोलिभाले अग्रिम टेबल बुकिङमा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । सीमित सिट व्यवस्थाका कारण समयमै बुकिङ गर्न मेनेजर तिलक खत्रीले आग्रह गर्नुभयो ।

छोटो समयमै उच्चस्तरीय सेवा, स्वाद र वातावरणका कारण पहिचान बनाएको भिनोलिभा एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा सञ्चालन भइरहेको छ । रेस्टुरेन्टका अध्यक्ष एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया) रहनुभएको छ भने लोक दाहाल (बेल्जियम), राज रेग्मी (कतार) र ईश्वर सापकोटा (जापान) सञ्चालकका रूपमा संलग्न हुनुहुन्छ । व्यवस्थापनले गुणस्तर, स्वच्छता र अन्तर्राष्ट्रिय मापदण्डमा आफूले उदाहरणीय छवि बनाएको दाबी गरेको छ ।

रेस्टुरेन्टमा लाइभ किचेन, विशाल मुख्य हल, रूफटप र गोपनीयतासहितका प्राइभेट रुमको व्यवस्था छ । नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकार अनुभवी सेफबाट तयार गरिने बताइएको छ । साथै, बालबालिकाका लागि छुट्टै खेल क्षेत्र, आधुनिक इन्टेरियर र फाइभ–स्टार स्तरको आतिथ्य सेवा उपलब्ध रहेको जनाइएको छ ।

भ्यालेन्टाइन विशेष २०२६ मार्फत राजधानीको फाइन-डाइनिङ क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै गुणस्तरीय आतिथ्य संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता भिनोलिभाले व्यक्त गरेको छ।

यसमा तपाइको मत

अन्य समाचार