नर्थ पार्क प्लाजामा ‘जे एण्ड जे युनिसेक्स सलुन एण्ड क्याफे’ शुभारम्भ

काठमाडौं,
माघ २९ ।

मेकअप आर्टिष्ट रेनु पुन मगर (जमुना पुन मगर)ले गोंगबुस्थित टोखा रोडको नर्थ पार्क प्लाजामा ‘जे एण्ड जे युनिसेक्स सलुन एण्ड क्याफे’ सञ्चालनमा ल्याउनुभएको छ । लोकप्रिय अभिनेता धिरेन शाक्य, वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ, र्‍याप गायक निर्णय एनएचके तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संयुक्तरूपमा रिबन काटेर उक्त सलुनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सलुन तथा क्याफेका सञ्चालक ज्याक बुढाथोकीले नर्थ पार्क प्लाजा र आसपासका ग्राहकलाई लक्षित गर्दै सलुनसँगै क्याफे सेवा पनि सञ्चालनमा ल्याइएको बताउनुभयो ।

सलुनकी अध्यक्ष एवं मेकअप आर्टिष्ट रेनु पुन मगरले महिला तथा पुरुष दुवैका लागि हेयर, स्किन, मेकअप र समग्र सौन्दर्य सेवाहरू अन्तर्राष्ट्रियस्तरमा प्रदान गरिने बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार