‘स्टुडेन्ट अफ द इयर’को उत्कृष्ट पाँचमा रिहाना

भरतपुर,
माघ २४ ।

चितवनको भरतपुर-९ निवासी रिहाना गैरे ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको टप फाइभमा पर्न सफल हुनुभएको छ । भरतपुर-७ स्थित अंकुरम एकेडेमीमा कक्षा १० मा अध्ययनरत गैरे अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय छात्रा हुनुहुन्छ ।

मार्सल आट्र्स ‘कराँते’मा विशेष दख्खल राख्ने गैरे ब्ल्याक बेल्ट प्राप्त खेलाडी हुनुहुन्छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कराँते प्रतियोगितासँगै आइक्यु, नृत्य, खेलकुद तथा विविध सीप-कौशलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै देशभरका सहभागीहरूमध्येबाट उत्कृष्ट पाँच स्थान सुरक्षित गर्न सफल हुनुभएको हो

हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको उक्त रियालिटी शोमा १३ देखि २१ वर्ष उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता छ । प्रतियोगिताको विजेता निर्णायक मण्डलको २० प्रतिशत मूल्यांकन र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा चयन गरिने जनाइएको छ ।

अभिनेता राजेश हमाल, नायिका रेखा थापा तथा युवा वैज्ञानिक आरिफ शेख प्रतियोगिताको निर्णायक मण्डलमा हुनुहुन्छ । कार्यक्रमको सहजीकरण इभा गिरीले गरिरहनुभएको छ ।

रिहाना प्रतियोगिलाई ‘खल्ती’ मोबाइल एपमार्फत व्यवस्था गरिएको छ । खल्ती एप खोलेर प्रतियोगी नम्बर १५ की रिहाना गैरे चयन गरी भोट गर्न सकिने आयोजकले जनाएको छ । कार्यक्रमको विजेताले नगद पाँच लाख रुपैयाँसहित पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार