दाङबाट ‘मितज्यू’ को छायांकन शुभारम्भ

दाङ,
माघ ९ ।

चलचित्र ‘मितज्यू’को दाङबाट छायांकन शुभारम्भ गरिएको छ । शुक्रबार वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै यस चलचित्रको छायांकन शुभारम्भ गरिएको हो । धार्मिक विधिपूर्वक पूजा गर्दै पहिलो दृश्य खिचिएसँगै चलचित्रको छायांकन थालिएको निर्माता जनक घर्ती मगरले बताउनुभयो ।

उहाँका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। यसको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरूङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरूण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ । चर्चित नृत्यांगना तेरियाको यो डेब्यु चलचित्र हो।

अनिल बुढा मगरको निर्देशन रहने चलचित्रका मुख्य सहायक निर्देशक फिरोज खड्का हुनुहुन्छ भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहनुभएको छ । प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायांकार शिशिर विशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहनुभएको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहनेछ।
यो चलचित्र आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार