‘भूठान’ ओटीटी प्लेटफर्म अमेजनमा

काठमाडौं
माघ ८ ।

चलचित्र ‘भूठान’ ओटीटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाले जनवरी ९ देखि अमेजनले आधिकारिक रूपमा ‘भूठान’को अंग्रेजी नाम ‘द वल्र्डस ह्यापियष्ट’ म्यान नामबाट हालका लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको जानकारी दिनुभयो ।

विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी काम भइरहेको उहाँले बताउनुभयो । वैशाखमा नेपालमा रिलिज भएको ‘भूठान’मा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।

यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य हुनुहुन्छ । यस्तै, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतका कलाकारको अभिनय छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गर्नुभएको छ ।

विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुनुहुन्छ भने सुसन प्रजापतिले छायांकन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार