काठमाडौं
माघ ८ ।
नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौंमा तीनदिने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
सम्मेलनमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली भाषा-साहित्यको विद्यावारिधि तहसम्म पठनपाठन तथा अनुसन्धान हुने विषयमा केन्द्रित २८ जना प्राज्ञले कार्यपत्र प्रस्तुत गर्ने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार महासमालोचक प्राडा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा आयोजना हुनलागेको सम्मेलनको संयोजकमा प्राडा.महादेव अवस्थी रहनुभएको छ भने सल्लाहकारमा प्रा.केशव सुवेदी रहनुभएको छ । सम्मेलनले नेपाल र भारतबीचको शैक्षिक तथा प्राज्ञिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।






