‘बिगुल’ अब फागुन १ मा

काठमाडौं,
माघ ६ ।

चलचित्र ‘बिगुल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । राजनीतिक कथावस्तुको यो चलचित्र १ फागुनमा देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का र मीरा पण्डित लगायतका कलाकारको अभिनय छ ।

वर्तमान राजनीतिक अवस्था, जनभावनासँग मिल्दोजुल्दो बताइएको यो चलचित्रमा भ्रष्टाचार र बेथितीविरुद्धको संघर्षलाई पनि चित्रण गरिएको छ । यसअघि ट्रेलर, टिजर र गीत रिलिज भइसकेका छन् ।

कांग्रेस नेता समेत रहनुभएका दिनेश कोइरालाले निर्माण गरेको यस चलचित्रमा शिव ढकालको छायांकन, एनबी महर्जनको एक्सन निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।

पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको हो । यसअघि यो कचलचित्र यही माघ ९ गते रिलिज हुने भनी व्यापक प्रचारप्रसार गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार