यस्तो छ आजको मौसम

काठमाडौं,
पुस २५ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

देशका तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियसबीच जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार