‘कुमारी’को ‘डोको बुन्ने’ (भिडियोसहित)

काठमाडौं,
पुस १७ ।

माघ २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतासँगै निर्माण टिमले लोक शैलीको नयाँ गीत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको ‘डोको बुन्ने’ गीतमा गायक केहर सिं लिम्बुको स्वर छ भने सागर लामिछाने मगर र सुमन तामाङका शब्द रचना रहेको छ । सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत गरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गर्नुभएको हो । शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ । गीतले नवयुवाबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।

यस चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा हुनुहुन्छ । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतका कलाकारको अभिनय छ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ भने कार्यकारी निर्मातामा केदार भुसाल रहनुभएको छ ।

कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको छ भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गर्नुभएको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन् । पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार