‘शिरजरा’ बन्ने

काठमाडौं,
पुस २ ।

चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । मंगलबार यस चलचित्रको निर्माण घोषणा गरिएको हो । विकास सुवेदीले चलचित्रको निर्देशन गर्नुहुने छ । नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सको संयुक्त सहकार्यमा निर्माण हुने यस चलचित्रको निर्मातामा सुभाष भुसाल रहनुभएको छ । उहाँ संगीतकारसमेत हुनुहुन्छ । उहाँले यसअघि मल्टीस्टारर चलचित्र ‘पूजार सार्की’ निर्माण गर्नुभएको थियो, जुन व्यावसायिक रुपमा सफल भएको थियो ।

चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी रहनुभएको छ । उहाँ अमेरिकी निर्माता हुनुहुन्छ । चलचित्रको पोस्ट पोडक्सनको सम्पूर्ण काम पोल्याण्डमा हुने जनाइएको छ । मेटा-मोर्डन फिलोसोफिकल ड्रामा भनिएको यो चलचित्रको यतिबेला प्रि-प्रोडक्सनको काम चलिरहेको निर्देशक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमा मुख्य कलाकारहरू तय गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार