‘रमिताको पिरती’ गीत ‘तिमी भए काफी’मा आना र समीरको रोमान्स (भिडियोसहित)

काठमाडौं,
पुस १ ।

आना शर्माको शीर्ष अभिनय रहेको चलचित्र ‘रमिताको पिरती’ को गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

यसको भिडियोमा अभिनेत्री आना र गायक तथा नव-अभिनेता समीर श्रेष्ठ फिचर्ड हुनुहुन्छ । थाइल्याण्डमा खिचिएको भिडियोमा आना र समीर रोमान्टिक देखिनुभएको छ ।

गीतले प्रेम र सम्बन्धको भावनालाई समेटछ । भिडियोमा रोमान्टिक र भावनात्मक दृश्यहरू देख्न सकिन्छ । समीरकै स्वरमा समावेश यो गीतको अडियो उत्पादन सास्वतको हो ।

सुदिप्ताको लेखन तथा निर्देशन रहेको ‘रमिताको पिरती’ मा आना र समीरसहित धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरूङ, पशुपति राई, रेनु योगी, थिन्ले ल्हामो लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको निर्माता सागर लम्साल हुनुहुन्छ भने कार्यकारी निर्मातामा आना शर्मा र सन्तोष लम्साल रहनुभएको छ । चलचित्रले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गर्ने निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार