‘मुगलान’को ट्रेलरमा परदेशिन बाध्य युवाको कथा

काठमाडौं,
मंसिर २६ ।

आगामी पुष १० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । २०५२ सालको कालखण्डमा आधारित चलचित्रको ट्रेलरमा राजनीतिक द्वन्द्व र गरिबीका कारण परदेशिन बाध्य युवाको कथा समेटिएको छ । ट्रेलरमा दुःख, अभाव र संघर्षको चित्रण मर्मस्पर्शी छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्ग बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुबेदी, रश्मी भट्ट, जीवन गौतम, राजु राज सोनी लगायतको अभिनय छ । टिकटकर स्मारिकाले यही चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता गोमन सिंह हुनुहुन्छ । रिता चौधरी सहनिर्माता रहेको चलचित्रमा अजय रेग्मीको डिरेक्टर अफ फोटोग्राफी (डीओपी(, तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक, देवेन्द्र कुँवरको कोरियोग्राफी तथा किरण भुसालको संगीत छ ।

यसमा तपाइको मत

अन्य समाचार