काठमाडौं,
मंसिर २० ।
माधव भण्डारी र निर्मला मगरको स्वरमा रहेको गीत ‘धोका दिनेले माया नलाउ’ सार्वजनिक भएको छ । माधवकै शब्द रचना, संगीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उमेश कार्की युकेको निर्देशन रहेको गीतको भिडियोमा रुपेश दानी क्षेत्री, सरिता थापा, उमेश, रामकुमार अधिकारी, सरगम ठकुरी लगातका कलाकारको अभियन छ ।
नवराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिनेश खनालको छायांकन र रोशन धितालको सम्पादन र कलर छ । गीतको भिडियो माधव भण्डारीको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






