दोस्रो संस्करणको ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न

काठमाडौं,
मंसिर ९ ।

ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा वरिष्ठ कलाकार हरिहर शर्माको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईको सभाध्यक्षतामा अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विधाका कलाकार, सिर्जनशील व्यक्तित्व तथा संगीतकर्मीलाई सम्मान एवं अवार्ड प्रदान गरिएको थियो । गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मान प्रदान गरिएको कार्यक्रममा डा. सूर्यबहादुर मगर, भीष्मराज फुलारा, राजेन्द्र बजगाईं, शिरोमणी दवाडी र देवेन्द्र पाण्डेलाई पनि सम्मानले विभूषित गरिएको थियो ।

त्यसैगरी लेखक तथा निर्देशक नवीन पन्तसहित कलाकार जानकी मगर, दिलीपकुमार आङ्बो, सुविना श्रेष्ठ, मोहन प्रधान, जनक खकुरेल, संगम लामिछाने, हेमन्त थापामगर, सञ्जु मोक्तान, सुधन थापा, नवराज पराजुली, विनोद किराती, राज रुम्बा, पुण्य भट्टराई, अनु राई, राजेन्द्र बस्नेत, अर्जुन घिमिरे, प्रदिप सापकोटा, नवराज श्रेष्ठ, सुदन थापा, गायिका फुटी शेर्पा, होमप्रसाद सेरचनलगायतलाई सम्मान गरिएको थियो ।

वरिष्ठ संगीतकार राजु सिंह, अशोककुमार राई, साउण्ड इञ्जिनियर गोनिन्द शोनि, गायक सुरज पौडेल, एरेञ्जर मदन सुफिक्स र गीतकार गोविन्द भट्टलगायतका निर्णयक रहनुभएको थियो । कार्यक्रममा ओम प्रसाईं लाइभ क्यामेरामा, अभिनास श्रेष्ठ फोटोग्राफर र रेणु राई तथा कविता राई स्वयंसेवीका रूपमा खटिनुभएको थियो ।

संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्यकासाथ कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभएको थियो भने त्रिशक्ति डान्स सेन्टरका दीपेश एसके नेतृत्वको समूहले स्वागत नृत्य प्रस्तुत गरेको थियो । यस्तै, बालकलाकार निमडिक्की शेर्पाले आकर्षक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लोक आधुनिक गीतमा अम्बिका गुरुङ, पब्लिक च्वाइसमा प्रतिमा शिवाकोटी र निर्णायक छनोटमा मञ्जु कँडेल सम्मानित हुनुभयो । लोक आधुनिक गायकतर्फ शम्भु फोम्बो लिम्बु, आधुनिक गायकतर्फ हरिदत्त फुलारा, पब्लिक च्वाइसमा नीमा शेर्पा र जुरी अवार्डमा प्रशान्त पराङदेन लिम्बुले अवार्ड पाउनुभयो । मोडलतर्फ वीजेन्द्र नौबागे र लिम्बु पालम विधामा गोमा लिम्बु ‘योङहाङ’ अवार्ड हात पार्नुभयो ।

चलचित्र विधामा देवेन्द्र बराल र चलचित्र सामाजिक सचेतना विधामा विजय संयोग सुब्बा (‘युद्धको सहर’) अवार्ड हात पार्नुभयो भने आधुनिक गजल संगीतमा पुस्कर सुनुवार, पब्लिक च्वाइसमा सनम राई तथा चलचित्र निर्मात्री शर्मिला पाण्डे ज्यूरी अवार्ड पाउनुभयो । आधुनिक गायिका (महिला)तर्फ निशा राईले अवार्ड हात पार्नुभयो ।

अन्य विधामा श्यामकुमार बानियाँ (आधुनिक गजल/गीत), किशोर सुब्बा (लिम्बु भाषा गीत भिडियो निर्देशक), मैकास राई (पूर्वेली/लोक युगल), भीमकुमार राई ‘अनन्त’ (आधुनिक लोक गायक), चन्द्रहाङ राई (आधुनिक संगीतकार), रोज सुनामी राई (राष्ट्रिय गीत गायक), रत्नदीप चौधरी (थारू गीत), बन्दना मैनाली (मैथिली गीत), नबिन सुब्बा म्यानयाङ्बो (चलचित्र निर्देशक) अवार्ड प्राप्त गर्नुभयो ।

सेसेमी लिम्बुले सहजीकरण गर्नुभएको समारोहमा भुवन के पोखरेल, कुसु गुरुङ, निशा थापामगर, राजकुमार राई, रिदम कँडेल, सरिश्मा मगर, शंकर थापा मुस्कान, प्रस्तोता सागरिका श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ, ‘ह्याङ नान्ड’ चलचित्र टोली, निर्देशक दिवाकर भण्डारी ‘सापटि काका’ तथा गायिका नित्या शिवालाई सम्मान प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार