उपन्यास ‘साढे ३ हत्या’ नयाँ आवरणसहित पुनः प्रकाशनमा

काठमाडौं,
मंसिर ७ ।

समाजमा बढिरहेको आत्महत्याको गम्भीर विषयलाई लिएर तयार पारिएको उपन्यास ‘साढे ३ हत्या’ नयाँ आवरणसहित पुनः प्रकाशनमा आएको छ । सन् २०७६ मा बुद्ध जयन्तीको अवसरमा पहिलोपटक बजारमा आएको यो पुस्तकले राम्रो प्रतिक्रिया पाएको थियो । न्युरोड बुक्सले प्रकाशन गरेको यो नयाँ संस्करणले पाठकहरूमाझ थप चर्चा पाउने अपेक्षा गरिएको छ ।

नयाँ आवरण सहितको यो पुस्तकको विमोचन कार्यक्रम काठमाडौको सिफलमा रहेको ब्रीलियन्ट कलेजमा सम्पन्न भएको थियो ।

कार्यक्रममा २०७८ सालका मदन पुरस्कार विजेता डा. नवराज लम्साल, सुप्रसिद्द गजलकार सुमन स्मारिका, न्युरोड बुक्स स्टोरका सञ्चालक राजेश गजुरेल लगायत कवि, गजलकार तथा लेखकहरूको उल्लेखनीय उपस्थिति थियो ।

लेखक रूपक अधिकारले लेखेको यो उपन्यासले जिन्दगीमा सबै कुरा नराम्रो हुँदा पनि राम्रो पक्ष कसरी पत्ता लगाउने र जीवन सुन्दर छ भनेर अगाडि बढ्ने सन्देश दिन्छ । फरक शैलीमा प्रस्तुत गरिएको यो कृतिले आत्महत्याको बढ्दो समस्यालाई गहिराइमा पुगेर विश्लेषण गर्दै आशावादी दृष्टिकोण प्रदान गर्ने प्रयास गरेको छ ।

पुस्तकको पुनः प्रकाशनले समाजमा व्याप्त निराशा र मानसिक स्वास्थ्यका मुद्दालाई सम्बोधन गर्ने माध्यम बन्न सक्ने विश्वास प्रकाशकको छ । यस पुस्तकलाई अतिरिक्त शुल्क नलिई देशभर होम डेलिभरी गर्ने भनेर गजुरलले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार