काठमाडौं,
मंसिर ६ ।
आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्र ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ । यसअघि यस चलचित्रलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ ।
चलचित्रका निर्देशक चन्द्र पन्तका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो । निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, अंशु महर्जन, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा, रचना गौतम लगायतका कलाकारको अभिनय छ ।
यस चलचित्रमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’ भन्ने नारा छ । यो नाराले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ ।
नेपालमा चलचित्र वितरणको अधिकार आरआर फिल्मस्ले पाएको छ भने डिजिटल अधिकार ओएसआर रहेको छ । यो चलचित्र आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।






