काठमाडौं
मंसिर ३ ।
आगामी पुस १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘एक्लो’को दिनेश डीसी क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा डिसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ । उहाँको लुक्स र प्रस्तुतीकरणबाट चलचित्र सामान्यभन्दा फरक बनेको संकेत दर्शकले अनुमान गर्नसक्ने देखिन्छ । साइन्स-फिक्सनमा आधारित रही निर्माण भएको यस चलचित्रलाई प्रदीप शाहीले निर्माण गर्नुभएको हो । हाल चलचित्रको पोष्ट-प्रोडक्सन कार्य लण्डनमा भइरहेको छ ।
यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय छ । एनआरएन समूहको लगानीमा बनेको चलचित्र ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज’ हुनुहुन्छ ।






