चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

काठमाडौं,
मंसिर २ ।

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी हुनुहुन्छ । १५३ मत प्राप्त गरी उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका अर्का उम्मेदवार सुनीलकुमार थापाले १२६ मत प्राप्त गर्नुभएको थियो ।

निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसक्नुभएको छ ।

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित हुनुभएको छ । उहाँले १५२ मत पाउदै जित हासिल गनुभयो भने प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गर्नुभयो ।

सचिवमा युवराज गिरी १५९ मतसहित विजयी हुँदा उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिनुभयो । कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

नौ जनाको सदस्य पदका लागि सात जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका हुन् । चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्य बन्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार