काठमाडौं,
कात्तिक २४ ।
गीतकार डम्बर बिकेलको शब्द रचना रहेको गीत ‘पानी पर्यो-३’ श्रोता/दर्शकमाझ आएको छ । मेलिना राई/राज सरगमको स्वर, रिमेशकुमार थापाको सङ्गीत निर्देशन, डिजे एनको सङ्गीत संयोजन र साजन शाहको मिक्सिङ एवम् मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरिएको भिडियो साहिल लामाको निर्देशनमा तयार भएको हो । भिडियोमा सञ्जना गुरुङ, करिश्मा शाही ठकुरी, शिशिर मगर र भवानी मगर लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गर्नुभएको हो भने शंकर बिकेको कोरियोग्राफी र मिलन विश्वकर्माको दृश्य सम्पादन छ ।






