काठमाडौं,
कात्तिक २४ ।
चलचित्र ‘मुगलान’ टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको टिजरले वैदेशिक रोजगारीको कथा भन्छ । ३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ । परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई यस चलचित्रको टिजरमा उतारिएको छ ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन तयारीमा छ ।
चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, श्रीशिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोलालगायतका कलाकारको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह र को–प्रोड्युसरमा रीता चौधरी हुनुहुन्छ । तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।






