राजेन्द्र बजगाईंको ‘बेली चमेली’मा पल र श्वेता (भिडियोसहित)

काठमाडौं,
कात्तिक ११ ।

राजेन्द्र बजगाईंको शब्द तथा संगीतमा नेपाल र भारतको सहकार्यमा तयार भएको ‘बेली चमेली’ गीतले दर्शक तथा श्रोताको मन जित्न थालेको छ । उक्त गीतको भिडियो भारतको मशकबिन स्टुडियोद्वारा नेपालमा सञ्चालित युट्युब च्यानल मशकबिन नेपाल च्यानलमार्फत हालै सार्वजनिक भएको हो ।

‘बेली चमेली’मा स्वाती भाटको स्वर, गायक विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको संगीत संयोजन छ । गीतको मिक्स माष्टरिङ मनीभनन आनन्दनले मुम्बईमा गर्नुभएको हो ।

कोरियोग्राफर तथा निर्देशक कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोमा अभिनेता पल शाह तथा भारतीय कलाकार श्वेता महराको अभिनय छ । भिडियोमा राज टाईगर, बिन्दु रसाइली, रेन्सीका खत्री, सुरक्षा तामाङले पनि अभिनय गर्नुभएको छ । भडियो सम्पादन बन्दे प्रसाद, कलर रेनिस फागो र छायांकन सुदीप बराल तथा टीम नोभाइस एण्ड भिजुयल्सको छ ।

यसमा तपाइको मत

अन्य समाचार