आज समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

काठमाडौं,
असोज ३१ ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ ।

लगातार तेस्रो जित निकालेको नेपालले आज (शुक्रबार) प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । नेपालले समोअविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपाल सुपर–६ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ ।

नेपालले यसअघि सुपर-६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो ।

त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

नेपाली टिमको खातामा आठ अंक छ, जुन दोस्रो स्थानमा रहेको ओमानभन्दा दुई अंक धेरै हो ।

यसमा तपाइको मत

अन्य समाचार