‘त्रिशूली मायाको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज  ९ ।

सुरज श्रेष्ठ र दिपिका व्याम्बु मगरको स्वर रहेको गीति ‘त्रिशूली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रल्हाद सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

समकालिन लोक-दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्युजन गराउनुभएको छ । आधुनिक जनरामा रमाइरहनुभएका गायक श्रेष्ठ भन्नुहुन्छ, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु ।’

रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड हुनुहुन्छ । सुधिरले उषा फकाउन अभिव्यक्त गरेको प्रस्तुतिलाई भिडियोमा निर्देशक शान थापाले रोमान्टिक ढंगले प्रस्तुत गर्नुभएको छ । बाल कलाकार अर्चीता गौतमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन तथा छायांकन पवन सुस्लिङको छ ।

यसमा तपाइको मत

अन्य समाचार