काठमाडौं,
असोज ७ ।
चलचित्र ‘लज्जावती’को शुभमुहूर्त गरिएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने यो चलचित्रको सोमबार घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्वाजले गर्नुभएको थियो । चलचित्रका मुख्य कलाकार मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिनुभएको थियो ।
सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप रोकाया हुनुहुन्छ । दीपक भण्डारी कार्यकारी निर्माता तथा भीमराज रोकाया सहनिर्माता रहेको चलचित्रमा दिव्यराज सुवेदीको छायांकन रहनेछ ।
चलचित्रमा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्कालगायत कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।






