यस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर

काठमाडौं,
असोज ५ ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ । हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत हुनुभएको छ ।

नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ । त्योसँगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गर्नुभएको हो । कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गर्नुभएको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार